साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएदेखि नै ओरालो लागेको छ।
आज बिहान ११:१५ बजे नेप्से ३ प्रतिशत घटेर दुई हजार बिन्दु तल झरेको हो।
यस अवधिमा कारोबारमा आएका अधिकांश लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
सेयरबजारमा उच्च सेयरमूल्य भएका महिला लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त, धौलागिरी लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
अघिल्लो कारोबारमा करिब ४ दर्जन लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो।
45
Shares
प्रतिक्रिया