ad ad

कारोबार


यती जहाज दुर्घटना : ३ विषयमा अनुसन्धान जारी, रनवे १२ को अध्ययन गर्न सुझाव

यती जहाज दुर्घटना : ३ विषयमा अनुसन्धान जारी, रनवे १२ को अध्ययन गर्न सुझाव

नेपालखबर
फागुन ३, २०७९ बुधबार १८:२८, काठमाडौँ

पोखरामा माघ १ गते भएको यति एयरलाइन्सको दुर्घटना जाँच आयोगले पोखरा विमानस्थलको रनवे १२ अध्ययन गर्न अन्तरिम सुझाव दिएको छ। 

आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले अध्ययन गर्न सुझाव दिएको हो। 

आयोगले दुर्घटनाको ३ वटा कारण हुन सक्ने उल्लेख गरेको छ। जहाजका दुवै प्रोपेलर फेदरमा गएको अवस्था, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा अध्ययन केन्द्रित गरेको उल्लेख गरेको छ। 

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै ३ विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

प्रारम्भिक प्रतिवेदनमा आयोगले नागरिक उड्डयन प्राधिकरणलाई उपयुक्त उडान मार्ग निश्चित गर्न विस्तृत अध्ययन गर्न भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .