ad ad

कारोबार


लुम्बिनीको फोहोरको चर्चा विदेशमा चल्छ : मन्त्री किराँती

लुम्बिनीको फोहोरको चर्चा विदेशमा चल्छ : मन्त्री किराँती

नेपालखबर
माघ १५, २०७९ आइतबार १५:४०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम भइरहेको भन्दै आपत्ति जनाएका छन्।

विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै लुम्बिनी विकास कोषका पदाधिकारीसँग मन्त्री किरातीले असन्तुष्टि जनाएका हुन्।  

राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएका मान्छेहरुले आफ्नो भूमिकालाई बिर्सेर घीनलाग्दो काममा लिप्त नहुन उनले निर्देशन दिएका छन्। 

लुम्बिनीको फोहोरको चर्चा विदेशमा चल्छ : मन्त्री किराँती
मन्त्री किराँतीले लुम्बिनीको फोहोरको चर्चा विदेशमा हुने गरेकोमा चिन्ता व्यक्त गरे।  

उनले पवित्र र धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनी आज गाईको गोबर र फोहोरले भरिएको गुनासो रहेको पनि बताए ।

‘देश विदेशबाट मानिसहरुले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरको बौद्ध धर्मावलम्बीहरुको मुटुको ढुकढुकी हो,’ उनले भने, ‘मुस्लिमहरुले मक्कामदिनालाई के बनाइसके? लुम्बिनी सफा छैन, सयौँ गाईहरु चर्ने गौचरण बनाइएको छ , तर तपाईंहरुले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहोरै फोहोर र धूलैधूलो राख्ने?’

मन्त्रीले लुम्बिनीको फोहोरको चर्चा चाइनामा सुनेको बताएका छन्। मन्त्री किराँतीले कोषको नाममा मागी खाने भाँडो मात्रै बनाइएको छ। 

‘अब त्यसरी हुनेवाला छैन, पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम भइरहेको छ? एउटा संरचना बनाएर त्यसको सही उपयोग नगरी फेरि अर्को संरचना बनाइन्छ,’ उनले भने, ‘योजनाहरु एकपछि अर्को डुब्लिकेसन भइरहेको छ। यति धेरै अनियमितता कसरी भइरहेको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .