विद्युतीय कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिगमार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।
छुट अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
Shares
प्रतिक्रिया