नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले सेयरधनीलाई ११ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ।
बैंकको बिहीबार प्रज्ञाभवनमा बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।
गत आवमा बैंकको सञ्चालन नाफा ६ अर्ब २८ करोड रुपैयाँ भएको थियो। उक्त वर्ष बैंकको कुल मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ थियो। योसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ।
गत आवमा बैंकको निक्षेप बढेर १ खर्ब ८६ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष कुल निक्षेप १ खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ थियो। त्यस्तै बैंकको कर्जा प्रवाह १ खर्ब ६४ अर्ब ८२ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ थियो।
त्यस्तै बैंकले मेगा बैंकसँगको मर्जरलाई पनि स्वीकृत गरेको छ। छिट्टै एकीकृत कारोबार गर्ने योजना बैंकको छ।
इन्भेष्टमेन्ट बैंकका ८८ शाखा, १३१ एटीएम, २३ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर रहेका छन्।
Shares
प्रतिक्रिया