ad ad

कारोबार


भारतीय कपडा ब्रान्ड ब्ल्याकबेरी नेपाल भित्रियो, २ नयाँ स्टोर सञ्चालनमा

भारतीय कपडा ब्रान्ड ब्ल्याकबेरी नेपाल भित्रियो, २ नयाँ स्टोर सञ्चालनमा

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १८:३०, काठमाडौँ

भारतको चर्चित मेन्सवेयर ब्रान्ड ब्ल्याकबेरी नेपाल भित्रिएको छ। सिभिल मल र दरबारमार्गमा नयाँ स्टोर अनावरणसँगै मंगलबारदेखि कम्पनीले नेपालमा व्यवसाय सुरु गरेको हो। 

कम्पनीले आज एक कार्यक्रम गरी नयाँ स्टोरको उद्घाटन गरेको छ। लाभिडा ट्रेडिङ प्रालिले ब्ल्याकबेरी ब्रान्डका मेन्सवेयर प्रोडक्टको बिक्री वितरण गर्नेछ। कार्यक्रममा लाभिडाका प्रमुख उत्तम लामिछाने र निर्देशक सन्दिप प्रधानांगको उपस्थिति थियो। 

लाभिडा ब्ल्याकबेरीको नेपालका लागि रिटेल ट्रेडिङ पार्टनर रहेको छ। २५ सय वर्गफिट र ३ हजार वर्गफिटका ती दुई स्टोरमा ब्ल्याकबेरीका सुट, ज्याकेट, फर्मलवेयर, क्याजुअल वेयर, एथ्निक वेयर, फुटवेयर, एक्सेसरिज र अन्य धेरै उत्पादन ग्राहकले खरिद गर्न पाउनेछन्। 

नयाँ स्टोरमा वेडिङ कलेक्सनका नयाँ रेन्जका उत्पादन समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। सुट, ब्लेजर, एथ्निक वेयरका एक्सक्लुसिभ रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ। विभिन्न कलर, फेब्रिक र स्टाइलका उत्पादनमा ग्राहकले चाहेको उत्पादन खरिद गर्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .