आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले मैनालीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।
विभागको महानिर्देशकको रुपमा रहेका रितेश शाक्यलाई मन्त्रालय तानिएको छ। बुधबार नै मैनालीले कार्यभार सम्हाल्ने विभागले जनाएको छ।
उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा नक्कली भ्याट बिलका घटनाहरु उजागर गरेको र राजस्व चुहावटको लागि भीसीटीएस प्रणाली विकास गरेको भन्दै उनले प्रशंसा पाएका थिए।
120
Shares
प्रतिक्रिया