ad ad

कारोबार


नेपालकै पहिलो थ्रीडी आर्ट रेस्टुरेन्ट सञ्चालनमा

नेपालकै पहिलो थ्रीडी आर्ट रेस्टुरेन्ट सञ्चालनमा

नेपालखबर
पुस ६, २०७६ आइतबार ७:५०,

नेपालमै पहिलो पटक स्थापना भएको थ्री डी आर्ट रेष्टुरेन्ट वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ।

गत शुक्रबार प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ट अतिथि वरिष्ठ गायकद्वय रामकृष्ण ढकाल र धिरज राईले ललितपुरको कुमारीपाटीमा स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रविण थापा, कलाकारहरु नविन लम्साल, विष्णु सापकोटा, व्यवसायी उज्जलजंग शाहलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

3d restaura 2

पछिल्लो समय मानिसहरु स्वादिष्ट भोजनका साथसाथै उपर्युक्त वातावरणको पनि खोजीमा हुन्छन्। त्यसैले अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने ठाउँको वातावरणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ। यही आवश्यकतालाई मध्यनजर गरी ललितपुरको कुमारीपाटीमा नेपालमै पहिलो पटक वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाइ छ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थामा रेष्टुरेन्टमा कोरिएका नेपालका पर्यटकीय स्थल र धर्म, संस्कृति र मौलिक परम्परागत चित्रकलाले पर्यटकहरुको मन लोभ्याउने विष्टको दावी छ।

3d restaura 3

उनले भने, ‘अहिले मानिसहरु सुन्दर सँगसँगै शान्त वातावरणमा रमाउँदै खानाको स्वाद लिन चाहन्छन्। त्यसका लागि पनि रेष्टुरेन्टले प्रकृतिकरु रुपमै नयाँ स्थानमा गएको आभाष हुने खालका थ्री डी आर्ट गरेकाले वान डे आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्य बन्न सक्छ।’

उपत्यकामा राम्रोभन्दा पनि राम्रो होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आइरहेका बेला उपत्यकाभित्रै पर्ने कुमारीपाटीमा भने फरक खालको नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको हो। खानाका पराखीहरुलाई त्यहाँको वातावरणले पनि असर गर्ने भएकाले आर्ट रेष्टुरेन्टको स्थापना गरेको विष्टको बताउँछन्।

नेपालकै पहिलो थ्री डी आर्ट रेष्टुरेन्ट ‘वान डे थ्री डी आर्ट रेष्टुरेन्ट’ ले स्वादमा मौलिकता र फरकपना मात्र प्रदान गरेको छैन, त्यहाँको वातावरणलाई नै फरक बनाएको छ । वानडे मा गरिएको आर्ट (चित्रकला) नै त्यहाँको मुख्य आकर्षण हो ।

3d restaura 4

विष्ट भन्छन्, ‘थ्री डी पेन्टिङ नै हाम्रो आकर्षण हो । चित्रलाई जस्ताको त्यस्तै उतारिएका कारण यो आर्ट हो कि साँच्चिकै हो भनेर पाहिले पटक जो कोहि पनि झुक्किनु हुन्छ ।’ रेष्टुरेन्टका भित्ताहरूमा नेपाली परम्परा झल्काउने थ्री डी आर्ट गरिएका छन् । वान डे मा गएर खाना खाने जो कोहीलाई पनि नयाँ संसारमा पुगेको अभाष हुने सञ्चालक विष्ट दावी गर्छन् ।

वान डेले आम मानिसहरुको आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न प्रकारका आर्ट गरेको छ । वान डेमा रहेका नेचर, एक्युरियम, म्युजिक, घोष्ट, स्पेस, पिस र चिल्डे«न रुम यसका आकर्षण र उदाहरण हुन् । यि सबै कोठाहरुको आ–आफ्नै विशेषता बोकेका छन् ।

नेचर रुममा कलात्मक रुपमा बनाइएको चराचुरुङ्गीका तस्विरले त्यहाँ बस्ने ग्राहकहरुलाई प्राकृतिक रुपमै नौलो स्थानमा पु¥याउँछ भने एक्युरियम रुपमा बस्ने जो कोहीले पनि समुन्द्र मुनी बसेर खाना खाइरहेको अनुभव लिन सक्नेछन् ।

3d restaura 5

त्यस्तै घोष्ट रुम डरलाग्दो छ भने म्युकिक रुपमा बसेर खाना खाँदा म्युजिकबाट छुट्टै आनन्द लिन पाइन्छ । विष्ट भन्छन्–‘स्पेस रुमको त झन कुरै नगरौं, त्यहाँ त आफू कुनै स्पेसभित्र नै छौ जस्तो भान हुन्छ।’ पीस र चिल्ड्रेन रुपमा भने त्यहाँ भित्र गरिएका कलात्मक आर्टले नै जो कोहीको मन लोभ्याउन सक्छ ।

यी सबै कोठाहरुमा फरक–फरक किसिमका आर्टहरु गरिएका छन् । त्यसो त वान डेले संस्कृतविद् सत्यमोहन जोशी, विश्व साइकलिष्ट पुष्कर शाह, स्वर सम्राट नारायण गोपालजस्ता व्यक्तित्वहरुलाई पनि भुलेको छैन । वान डेले तेस्रो तलामा रहेको हलमा संस्कृतविद् जोशी र विश्व साइकलिष्ट शाहको तस्विर बनाएको छ भने म्युजिक रुपमा स्वर सम्राट नारायण गोपालको तस्विर बनाएको छ ।

आर्ट सँगसँगै खानको स्वादलाई प्राथमिकतामा राखेको बताउँछन् सञ्चालक विष्ट । त्यसैले पनि वान डेमा सरकार सञ्चालन गर्ने व्यक्तित्वहरुदेखि नेता, कलाकार, समाजसेवी, बालक, बृद्ध सबैखाले र सबै उमेर समूहका ग्राहकका लागि उपर्युक्त भएको विष्टको दावी छ ।

वान डेको २ सय जना अट्ने क्षमता छ । पारिवारिक भेटघाट, बैठक, गोप्य कुराकानीका लागि व्यवस्था गरिएका बेग्लै कोठामा बसेर आर्टसँगै विभिन्न परिकारको स्वाद लिन सकिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको वान डेले स्थापनाको पहिलो दिन नै सेवा घर नामक आश्रममा रहेका ६० जना व्यक्तिलाई निशुल्क रुपमा खाना खुवाएर सामाजिक उत्तरदायित्वको काम समेत गरेको छ ।

त्यसैले जो कसैको रोजाई बन्न सक्ने वान डेका सञ्चालकहरु धेरैभन्दा धेरै ग्राहकहरुलाई स्वागत गर्न आतुर रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .