ad ad

कारोबार


नेपाल एयरलाइन्सलाई सम्मान

नेपाल एयरलाइन्सलाई सम्मान

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:४१,

राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ।

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो। एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी दिए।

त्यस्तै विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्यका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको उनले बताए।

त्यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ। एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी उक्त अवार्ड प्रदान गर्दै आएको छ। यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेको ग्रोबरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .