ad ad

कारोबार


माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

नेपालखबर
असोज २७, २०७९ बिहिबार १४:८, काठमाडौँ

माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ।

यस सेवा मार्फत विदेशबाट बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स  पठाउन सकिनेछ।

यस सेवा मार्फत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछ।

उक्त सेवा मार्फत स्वदेश र विदेशबाट सरल, सहज र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछ।

बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइन मार्फत खाता एवम् मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .