नेपाली कांग्रेसले व्यवसायी विनोद चौधरीलाई नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
उनी गठबन्धनका साझा उम्मेदवार बनेका हुन्। नेपालका एकमात्र डलर अर्बपति चौधरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
गत महाधिवेशनमा उनी मधेशी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभा सदस्यमा उनी पहिलोपटक चुनाव लड्नलागेका हुन्। यसअघि उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका थिए।
63
Shares
प्रतिक्रिया