प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार बनेका छन्।
प्रभु ग्रुपका अध्यक्ष भट्टचन नेकपा एमालेको समानुपातिक बन्द सूचीमा आदिवासी जनजातिको तर्फबाट १ नम्बरमा परेका हुन्।
कांग्रेस छाडेर भट्टचन एमालेबाट उम्मेदवार बनेका हुन्।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनअघि २०७८ साउन १५ गते नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए।
ललितपुर स्थायी ठेगाना भएका उनको बैंक, इन्स्योरेन्स, रेमिट्यान्स, कार्गो लगायतमा लगानी छ।
69
Shares
प्रतिक्रिया