नयाँ लघु बीमाको लागि अहिले ३१ वटा आवेदन परेको छ।
बीमा समितिले ७ वटा लाइसेन्सको लागि गरेको आवेदनमा ३१ वटा आवेदन परेको हो।
आवेदन दिनेमा नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स रहेका छन्।
त्यस्तै उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, गरिमा माइक्रो जनरल, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बीमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनी रहेको बीमा समितिले जनाएको छ।
परेको आवेदनमध्ये ७ वटा योग्य कम्पनीलाई नयाँ लाइसेनस दिने छ। लाइसेन्स पाएका लघु बीमा कम्पनीले प्रदेशमा मुख्य कार्यालय स्थापना गरि काम गर्नुपर्ने बीमा समतिले जनाकारी दिएको हो।
Shares
प्रतिक्रिया