भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र भुक्तानी प्रणाली सञ्चालक गेटवे पेमेन्ट सर्भिसले सञ्चालन गर्नलागेको यूपीआई नेपाल क्यूआरबीच अन्तराबद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
विगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी यूपीआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्तानी सुविधा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडिया (एनपीसीआई) मा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत नेपाल र इन्डियाबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तयारीमा रहेको गेटवे पेमेन्ट सर्भिसबीच भएको सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने आश लिएको छ।
3
Shares
प्रतिक्रिया