ad ad

कारोबार


जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

वाशुदेव मिश्र
असार ९, २०७६ सोमबार ९:५३,

लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो। बैंकले पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रममार्फत ती विद्यार्थीहरुलाई सहयोग गरेको बैंककी पोखरा चिप्लेढुंगा शाखाकी म्यानेजर सुनिता राणाले जानकारी दिइन्।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख संजिव मानन्धरले श्रम तथा जोखिममा रहका बालबालिकालाई सहयोग गर्नु समाजको कर्तव्य भएको बताए। उनले सहयोग अभियानलाई निरन्तरता दिने वचन पनि दिए। कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सहयोगलाई प्रचारमुखी हैन कि आत्मसन्तुष्टीसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।

बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार लालचनले कार्यक्रमले पोखराको औद्योगिक क्षेत्रलाई बालश्रम मुक्त बनाइएको बताउँदै बालश्रम अन्त्यको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

बालश्रम न्यूनिकरण कार्यक्रमकी कार्यक्रम संयोजक प्रिति पाण्डेका अनुसार पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमले हालसम्म ७ हजारभन्दा बढी बालबालिकाहरुलाई अनौपचारिक शिक्षा, परिवार पुनर्मिलन, रोजगारीको अवसर सृजनामा सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .