प्रभु बैंक लिमिटेडले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहका बीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन भएको हो।
शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष थापाले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुसी प्रकट गरे। उनले आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए।
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे। आरुघाट शाखा कार्यालय समुदघाटन कार्यक्रममा धादिङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
Shares
प्रतिक्रिया