ad ad

कारोबार


‘नबिल विज्ञान प्रविधि पुरस्कार’बाट चार अनुसन्धानकर्ता सम्मानित

‘नबिल विज्ञान प्रविधि पुरस्कार’बाट चार अनुसन्धानकर्ता सम्मानित

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ६:५७,

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले चार जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’प्रदान गरेको छ। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री तथा नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा उक्त पुरस्कार प्रदान गरेका हु्न्।

सम्मानित चार जना अनुसन्धानकर्ताहरु प्राडा परशुराम मिश्र, प्राडा विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको हो।

कार्यक्रमपछि पुरस्कृत विज्ञहरुसँगको भेटमा नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी यस क्षेत्रको विकासमा योगदान पु¥याएकोमा धन्यवाद दिए। उनले नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा चारै जनाप्रति आभार व्यक्त गरे। उक्त पुरस्कारको राशि प्रतिव्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ।

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो। राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित वैज्ञानिक तथा प्राज्ञहरुको समूहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .