ad ad

कारोबार


रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छः ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छः ढकाल

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १३:३१,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश यस क्षेत्रले गरेको बताएका छन्।

बुधबार राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सक्छ।’

उनले यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु-याउने भन्दै यस सम्बन्धलाई थप वलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गरे।

उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .