एनआईसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ। कृष्णनगर नगरपालिका–२ स्थित विस्तारित काउण्टरको उद्घाटन बुधबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे।
उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।
मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
3
Shares
प्रतिक्रिया