नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्न सधै अग्रसर टीसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टीसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ।
टीसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ। ओम्दिया ग्लोबल टि.भी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो ।
त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए। यसको २०.७ प्रतिशत टिभी यानी १ करोड ५१ लाख वटा टीसीएलको टिभीको सिपमेन्ट भएको थियो। यसले टीसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनाएको छ।
टीसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ इन्चसम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टीसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके,फोरके यूएचडी, कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ।
ग्राहकहरुको उच्च रोजाइ बन्न सफल भएको टीसीएल ब्राण्डले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ।
नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सको ईओएलमार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा छन्।
Shares
प्रतिक्रिया