ad ad

कारोबार


लगानीको वातावरण नीतिमा बन्यो, व्यवहारमा बनेनः उद्योगी व्यवसायी

लगानीको वातावरण नीतिमा बन्यो, व्यवहारमा बनेनः उद्योगी व्यवसायी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ९:५७,

उद्योगी व्यवसायीहरुले मुलुकमा अझैपनि लगानीको वातावरण बन्न नसकेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु सकारात्मक भएपनि व्यापार घाटा उच्च हुनु र लगानीको वातावरण बन्न नसक्नुले निजी क्षेत्र प्रोत्साहित हुन नसकेको बताए। उनले सम्पत्ती अभिलेखिकरण नभई सुद्धिकरण हुनुले लगानी बढ्न नसकेको बताए। बैंकको ब्याजदर उच्च भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको समेत उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानीमा पनि डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्न हेजिङ सुविधा दिनुपर्ने बताए । उनले हेजिङ ऐन लागू भएपनि त्यसले सबै क्षेत्र समेटन नसकेको र वैदेशिक लगानी प्रभावित भएको बताए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले तत्काल औद्योगिक उत्पादन बढ्न नसक्ने भएकाले साना उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुलाई निर्यात गर्न सरकारले ध्यान दिनुपर्ने बताए। उनले गाउँगाउँमा उत्पादन हुने वस्तुहरुको बजारीकरणका लागि सरकारले चासो नदिएको गुनासो समेत गरे।

 उद्योगीहरुले मुलुकमा वैदेशिक लगानी भित्र्याउन विभिन्न पहलहरु भएपनि लगानी बढ्न नसकेको बताएका छन्। त्यस्तै उद्योगीहरुले खुला बजार अर्थतन्त्रमा नियामक निकाय राष्ट्र बैंकले ब्याजदरमा नियमन गर्न नसक्दा औद्योगिक क्षेत्र प्रभावित भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .