ad ad

कारोबार


यतीका सबै विमानमा प्लास्टिक कप प्रयोग बन्द

यतीका सबै विमानमा प्लास्टिक कप प्रयोग बन्द

नेपालखबर
मंसिर २, २०७६ सोमबार ५:३३,

यती एअरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग बन्द गरेको छ।

यात्रुलाई पानी तथा कुनै पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कपको सट्टा उसले पेपर (कागज) कप प्रयोगमा ल्याएको हो।

पेपर कपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै यूएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताए। प्लास्टिक प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्र्रयास हुनुपर्नेमा उनले जोड दिइन्।

यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान सुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकाले विमानमा प्रयोग भइरहेको प्लास्टिक कप हटाइएको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिए। प्लास्टिक कप विस्थापन कार्य कार्बन न्युट्रल अभियानमा थप एक कदम रहेको उनको भनाइ छ। प्लास्टिकको सट्टा पेपर कप प्रयोगले वातावरण सफा हुने र कार्बन उत्सर्जनमा कमी आउने उनको तर्क छ।

पेपर कपसँगै यती एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ। कार्बन न्युट्रल अभियानमा यती एयरलाइन्सको यो थप प्रयास हो। एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउन/पुर्‍याउन विद्युतीय भ्यान प्रयोग सुरु गरेको छ। साथै प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्बनको राष्ट्रसंघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ।

यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्रसंघ विकास नियोग (यूएनडीपी) सँग सहकार्य गरिरहेको छ। दीगो विकास लक्ष्यका १७ बुँदामध्ये १३ नम्बर बुँदा क्लाइमेट एक्सनअन्तर्गत कार्बन न्युट्रल अभियान अगाडि सार्दै आएको छ।

सोहीअन्तर्गत यतीले बढी इन्धन खपत गर्ने विमान विस्थापन गरी कम इन्धनमा चल्ने एटीआर विमान खरिद गरी सेवा दिँदै आइरहेको छ। यसका साथै बढी इन्धन खपत गर्ने सबै विमानलाई विस्तारै विस्थापन गर्दै लैजाने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .