चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर ७ दशमलव ०१ प्रतिशत हुने अर्थ मन्त्रालयले प्रक्षेपण गरेको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको तीन महिनाको सूचकाङ्क अध्यनन गरेर सार्वजनिक गरेको प्रतिवेदनले गत वर्षकै हाराहारीमा आर्थिक वृद्धि हुने बताएको हो।
गत वर्ष ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि भएको थियो।
सरकारले बजेट सार्वजनिक गर्दा भने ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो तर ३ महिनाको तथ्याङ्क विश्लेषण गरेपछि अर्थ मन्त्रालयले उक्त प्रक्ष्ोपणलाई संशोधन गरेको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा तीन महिनामा २ खर्ब ५२ अर्ब ४० करोड संकलनको लक्ष्य राखिएकोमा मात्र १ खर्ब ९८ अर्ब राजस्व संकलन भएको देखाएको छ।
वर्षभरिको राजस्व संकलन भने ११ खर्ब १२ अर्ब २ करोड रुपैयाँ रहेको छ। तीन महिनामा उठेको राजस्व गत आवको यही अवधिको तुलनमा २ दशमलव ५९ प्रतिशत बढी हो।
प्रतिक्रिया