संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सक्न निर्देशन दिएका छन्।
उनले बुद्ध जयन्ती भन्दा अघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन्। अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गर्दै मन्त्री आलेले विमानस्थलप्रति विश्वकै ध्यान गएकाले अब विलम्ब गर्न नहुने बताए।
आलेले मौसम सफा हुनासाथ क्यालिब्रेसन फ्लाइट हुने जानकारीसमेत दिए। उनले मौसमले साथ दिएमा फागुन ९ गते परिक्षण उडान गरिने बताए।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा एअर ट्राफिक जाम हुने गरेकाले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन सके सहज हुने उनको भनाइ छ।
मन्त्री आलेसँगै संघिय सांसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सांसद प्रमोदकुमार यादव अन्तराष्ट्रिय विमानस्थल निरीक्षणमा आएका थिए।
नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले फागुन ९ गने थाइल्यान्डबाट आउने एरो थाइको विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको बताए।
यो पनि : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा, बुद्ध जयन्तीबाट नियमित उडान गर्ने तयारी
Shares
प्रतिक्रिया