आगामी वर्षको साउनदेखि कुनै पनि विदेशी टीभी च्यानलले विज्ञापन बजाउन नपाउने भएका छन्। संसदबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित समेत प्रकाशित भैसकको छ।
कात्तिक ८ गते राजपत्रमा प्रकाशित भए पनि ऐन भने साउनदेखि नै लागु गरिएको थियो। ऐनमा नै संसदले पास गरेपछि तत्काल लागु हुने, राष्ट्रपतिले प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित हुने अवधीलाई कुर्नु नपर्ने भन्ने उल्लेख भएको थियो। तर यो व्यवस्था क्लिन फिडको हकमा मात्रै रहेको थियो।
विधेयकको दफा ६ मा भनिएको छ, ‘ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ।’ ऐन अनुसार आगामी साउनदेखि कुनै पनि विदेशी च्यानलले कानुनी रुपमा विज्ञापन बजाउन नपाउने देखिएको हो।
ऐनले विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था पनि राखेको छ। त्यस्तै, ऐनमा मञ्जुरी नलिई इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था पनि गरेको छ। ‘सम्बन्धित व्यक्तिको मन्जुरीबिना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन नपाइने समेत व्यवस्था गरिएको छ।’
कस्ता स्थानमा कुन–कुन वस्तुहरुको विज्ञापन गर्न सकिने, विज्ञापन बोर्डको गठन प्रक्रिया, बोर्डको काम, कर्तव्य अधिकार, बोर्डका अध्यक्षको योग्यता, प्रदेश तथा स्थानीय तहका सञ्चारमाध्यमबाट हुने विज्ञापनको नियमनलगायतका विषयहरु समेत उक्त ऐनमा उल्लेख छ।
प्रतिक्रिया