विश्वकै ठूलो तथा चर्चित तेल उत्पादक कम्पनी ‘अराम्को’ले पूर्वघोषित प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्काशन गरेको छ।
लगानीकर्ताले कम्पनीमा लगानी गर्न चासो देखाएपछि साउदी कम्पनी आराम्कोले सार्वजनिक सेयर निष्काशन गरेकाे बीबीसीले उल्लेख गरेको छ।
आराम्कोले सेयर निष्काशन पुष्टि गरे पनि यसको मात्रा भने खुलाइएको छैन। यसअघि नै कम्पनीले १ देखि दुई प्रतिशतसम्म सेयर निष्काशनको घोषणा गर्ने अपेक्षा गरिएको थियाे।
आराम्को विश्वमै सबैभन्दा बढी लाभ कमाउने कम्पनी हो। यस कम्पनीको मान १ दशमलव २ खर्ब अमेरिकी डलर बराबरको भएको जनाइएको छ।
आराम्कोले सार्वजनिक सेयर खुला गरेपछि यस कार्यलाई विश्वभरका अर्थशास्त्रीले ऐतिहासिक कार्य भनेका छन्।
कम्पनीका अनुसार हालै विदेशी लगानी भित्र्याउने मनसायमा आराम्को छैन। रोयटर्सका अनुसार कम्पनीले कम्तीमा २० अर्ब डलरको सार्वजनिक निष्काशन गर्ने आशा गरिएको यसअघि समाचारमा जनाएकाे थियाे।
गत सेप्टेम्बरमा कम्पनीको अबकाइक र खुराइस प्लान्टमा ड्रोन आक्रमण भएको थियो। उक्त घटनाको कारण कम्पनीले झण्डै आधा परिमाणमा कच्चा तेल उत्पादनमा कटौती गर्नुपरेको थियो।
विश्वकै ठूलो तेल निर्यातकर्ता अराम्कोले आईपीओ निष्काशन पश्चात कम्पनीको वित्तीय अवस्था राम्रो हुने विश्वास गरेको छ।
Shares
प्रतिक्रिया