ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोकको चौतारामा खोल्यो शाखा

राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोकको चौतारामा खोल्यो शाखा

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १६:५४, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गरेका हुन्। 

उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए। 

उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए। 

कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ्ग, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधि सभाका सभामुखका स्वकिय सचिव सागर के.सी., बैंकका विभागीय प्रमुख सरोज बस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरु लगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .