ad ad

कारोबार


लघुवित्त कम्पनीहरूको नाफा अस्वाभाविकः गभर्नर

लघुवित्त कम्पनीहरूको नाफा अस्वाभाविकः गभर्नर

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त कम्पनीहरूले अस्वभाविक नाफा रहेको बताएका छन्। गत वर्षको मौद्रिक नीतिले केही कडाइ गरे पनि नाफा अस्वाभाविक रहेको बताएका हुन्।

गभर्नर अधिकारीले प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै गत आवको वित्तीय विवरणका आधारमा लघुवित्तको नाफा बढी भएको बताए। 

उनले भने, ‘लघुवित्तले १५ प्रतिशतभन्दा ब्याज लिन नपाउने व्यवस्था गरेका छौँ। तैपनि नाफा अस्वाभाविक छ।’

अन्य बैंक तथा वित्तीय कम्पनीको नाफा पनि नराम्रो स्थितिमा नरहेको उनको भनाइ छ। 

वाणिज्य बैंकको रिटर्न अन इक्विटी घट्नुको कारण चुक्ता पुँजी बढी हुनु मुख्य कारण रहेको उनले बताए। गभर्नर अधिकारीका अनुसार बैंकहरू नाफा राम्रै भए पनि वृद्धिदर राम्रो नभएको गुनासो बैंकहरूले गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .