ad ad

कारोबार


खुल्यो सानिमा लाइफको आईपीओ, कति कित्ता भर्ने?

खुल्यो सानिमा लाइफको आईपीओ, कति कित्ता भर्ने?

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:१७, काठमाडौँ

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ। 

कम्पनीले यही साउन २४ गतेसम्म आवेदन दिन सकिने गरी आज आईपीओ खुल्ला गरेको हो। 

सानिमाले ५४ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने जनाएको छ। आवेदकहरुले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म प्रतिकित्ता मूल्य सय रुपैयाँमा आवेदन भर्न पाउनेछन्। 

कम्पनीले ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको र जारी पुँजीको ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि बाँडफाँट गरी बाँकी सर्वसाधारणलाई निष्काशन गरेको हो। 

इच्छुक लगानीकर्ताले मेरो सेयर अनलाइनबाट दरखास्त दिन पाउनेछन्। कम्पनीको सेयर बिक्री प्रबन्ध भने प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। 

यस्तो छ कम्पनीको आर्थिक अवस्था 
सानिमाको प्रतिसेयर नेटवर्थ २०७३/०७४ मा ४१.१६, ०७४/०७५ मा ९९.११, ०७५/७६ मा १०३.१७ र ०७६/७७ (अपरिष्कृत) मा १०९.६७ रुपैयाँ रहेको थियो। ०७७/७८ (प्रक्षेपित) मा ११६.७४, ०७८/०७९ (प्रक्षेपित) मा १२१.७३ र ०७९/८० (प्रक्षेपित) मा १३९.३३ रुपैयाँ रहेको छ। 

त्यस्तै प्रतिसेयर आम्दानीतर्फ २०७३/०७४ मा ६४.२०, ०७४/०७५ मा ०.७६, ०७५/७६ मा ३.९१ र ०७६/७७ (अपरिष्कृत) मा ६.१० रुपैयाँ रहेको थियो। ०७७/७८ (प्रक्षेपित) मा ६.७३, ०७८/०७९ (प्रक्षेपित) मा ९.७८ र ०७९/८० (प्रक्षेपित) मा १७.११ रुपैयाँ रहेको छ। 

कम्पनीको सञ्चित नाफा/नोक्सान (रु. हजारमा) २०७३/०७४ मा १७९९.९६, ०७४/०७५ मा १३५४८.९९, ०७५/७६ मा १९६४०.२३ र ०७६/७७ (अपरिष्कृत) मा १०४८६०.१० रुपैयाँ रहेको थियो। ०७७/७८ (प्रक्षेपित) मा १७४४८७.६९, ०७८/०७९ (प्रक्षेपित) मा ३४४६७५.०७ र ०७९/८० (प्रक्षेपित) मा ६४३३१९.४५ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .