ad ad

कारोबार


एनआईबीएल सहभागिता फन्ड तेस्रो वर्षमा

एनआईबीएल सहभागिता फन्ड तेस्रो वर्षमा

नेपालखबर
असार २४, २०७८ बिहिबार १४:३,

नेपालकै पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डले सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित यस योजनाले नेपालकोे पुँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको छ। 

यो खुलामुखी योजनाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६÷०७७ मा नै आफ्ना इकाइधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएका थिए। 

१०.०० रुपैयाँ अंकित मूल्य रहेको यस योजनाको २०७८ असार २२ गतेको दिनको तथ्याङ्कअनुसार प्रतिइकाइ खुद मूल्य १७.२१ रुपैयाँ पुगेको छ भने योजनाको आकार ३१.४२ करोड पुगेको छ।

योजना व्यवस्थापक, एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबीएल सहभागिता फन्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने  योजना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको थियो। 

यस योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ताहरुलाई आज योजनाको अन्तिम दिन अपराह्न ३ बजेसम्म सहभागी हुन समेत एनआईबीएल एस क्यापिटल लिमिटेडले अनुरोध गरेको छ।

यस योजनाको नतिजा साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकमा लाइभमार्फत गरिने जनाइएको छ। 

योग्य सहभागीहरुबाट २० जना  विजेता घोषणा गरिनेछ र पूर्वनिर्धारित नियम र शर्तहरुअनुसार पुरस्कार वितरण गरिने जनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .