ad ad

कारोबार


लक्ष्मी बैंकको १३०औँ शाखा बूढानीलकण्ठको गणेश चोकमा

लक्ष्मी बैंकको १३०औँ शाखा बूढानीलकण्ठको गणेश चोकमा

नेपालखबर
असार २४, २०७८ बिहिबार १३:५५,

लक्ष्मी बैंकले आफ्नो विस्तारित शाखा सञ्जाल १३० वटा पुर्याएको छ। 

बैंकले बूढानीलकण्ठ वडा न. ६ स्थित गणेश चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो। 

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको 
छ। 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .