पोखरा कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) की उम्मेदवार विद्या भट्टराई विजय नजिक पुगेकी छन्।
यो निर्वाचन क्षेत्रका ३ वटा वडा अर्थात् ४, ७ र ८ वडाको मतगणना बाँकी रहँदा उनले २० हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ५५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ८ हजार ५२२ रहेको छ।
वडा नम्बर ४ मा २ हजार २ सय ३८, वडा नम्बर ७ मा ४ हजार ६ सय ९ र वडा नम्बर ८ मा ६ हजार ५ सय ६८ मतदाता रहेका छन्।
तर, ती वडामा भएको सबै मत खसेको छैन। ती तीनै वडामा नेकपा र कांग्रेसको भोट हाराहारीमा खसेको अनुमान गरिएको छ।
पछिल्लो मतपरिणमाले नेकपाको विजय सुनिश्चितजस्तै भए पनि मतान्तरभने अहिलेभन्दा घट्ने अनुमान गरिएको छ।
यसैबीच नेकपाले भोलिको लागि विजय ¥यालीको तयारी पनि गरेको छ । नेकपाले सोमबार आयोजना गरिने विजय ¥यालीको निम्तो बाँडिसकेको छ ।
प्रतिक्रिया