ad ad

Draft


फ्रान्समा १५ वर्षमुनिका स्कुलमा मोबाइल चलाउन नपाउने

फ्रान्समा १५ वर्षमुनिका स्कुलमा मोबाइल चलाउन नपाउने

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ११:३३,

फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई स्कुलमा मोबाइल चलाउन प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ल्याएको छ। गत सोमबारदेखि यस्तो कानुन कार्यान्वयनमा ल्याएको हो।

यो कानुन गत जुलाईमै पारित भएको थियो। वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई आफ्नो चुनावी एजेन्डा नै बनाएका थिए। नयाँ कानुन कार्यान्वयनमा आएसँगै एलिमेन्टरी र जुनियर हाइ स्कुलका विद्यार्थीले मोबाइल चलाउन पाउनेछैनन्। नयाँ कानुनले सबै प्रकारका सेलफोनहरु, ट्याब्लेट र स्मार्टवाचहरुमाथि प्रतिबन्ध लगाएको छ।

यद्यपि सन् २०१० देखि नै कक्षामा फोन चलाउन प्रतिबन्ध लगाइएको थियो। हाल त्यसको दायरा फराकिलो पारी खाना खाने टाइम र ब्रेकटाइममा पनि फोन चलाउन निषेध गरिएको छ।

कानुनमा १५ वर्षमुनि भनिए पनि स्कुलहरुले आवश्यकताअनुसार यसलाई कार्यान्वयन गर्नसक्नेछन् । यद्यपि अपांगता भएका विद्यार्थीको हकमा भने यो प्रतिबन्ध अपवादका रुपमा राखिएको छ। अर्थात् उनीहरुलाई छुट दिइएको छ।

नयाँ कानुन लागू भएसँगै विद्यार्थीले आफ्नो फोन तोकिएको निषेधित समयमा लकरभित्र राख्नुपर्नेछ। फ्रान्सका शिक्षामन्त्री जिन माइकेल ब्लान्करले जुनमै यस कानुनलाई २१औँ शताब्दीको कानुन भनेका थिए। यसले विद्यार्थीलाई अनुशासित बनाउन मद्दत मिल्ने बताइएको छ। फ्रान्समा १ करोड २० लाख बालबालिका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .