भारतको नम्बर १ अटो कम्पनी मारुती सुजुकीको ३ महिनामा ३९ प्रतिशत नाफामा गिरावट आएको छ।
मारुती सुजुकीले सार्वजानिक गरेको तीन महिना (जुलाई, अगस्त र सेप्टेम्बर)को तथ्यांक अनुसार नाफामा भारी गिरावट आएको देखिएको छ।
कम्पनीले जारी गरेको तथ्यांक अनुसार तिन महिनाको गत वर्षको तुलनामा ३९.२ प्रतिशत नाफा घट्दा १३८६ करोड भारतीय रुपैयाँ खुद नाफा गरेको छ।
कम्पनीले जुलाई देखी सेप्तेम्बर सम्म ३३ लाख ८२ हजार सवारी साधन बिक्री गरेको थियो। जुन गतवर्षको यही अवधिको तुलनामा ३०.२ प्रतिशतले कम हो।
सेप्टेम्बर महिनामा मात्र मारुतिको २४ प्रतिशत व्यपारमा गिरावट आएको छ।
विगत एकवर्षमा भारतिय अटो बजारमा भारी गिरावट आएको छ।
प्रतिक्रिया