नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रालिले इटहरीमा आफ्नो नयाँ शो रुम सञ्चालनमा ल्याएको छ।
शोरुमको उद्घाटन स्थानीय समाजसेवी शोनु ज्यन्तीले गरे। कार्यक्रममा मोटरहेड मोटरसाइकल ब्राण्डका मार्केटिङ म्यानेजर साइमन रसाइली उपस्थित थिए।
इन्द्र पौडेलको स्वामित्वमा रहेको पौडेल ट्रेडर्स डिलरसिपमा सबै प्रकारका मोटरहेड कम्पनीका मोडलहरु उपलब्ध हुनेछन्। जसले गर्दा मोटरसाइकल छनौट गर्न ग्राहकले सबै विकल्प पाउने कम्पनीले जनाएको छ।
यस शोरुममा हाल ६ थरी मोडलका मोटरसाइकलहरु उपलब्ध हुनेछन्। जसमा १५० सीसीदेखि २५० सीसीसम्म रहेका पौडेल ट्रेडर्सका सञ्चालक इन्द्र पौडेलले जानकारी दिए।
प्रतिक्रिया