हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ (एचआई–एमबी) मा एकीकृत नेपालपे क्युआरको सफल रुपमा अन्तर आबद्धता कायम गरेको छ।
अब बैंकका ग्राहकहरुले एचआई–एमबीको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
साथै, बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तर सञ्चालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी ‘एग्रिगेटेड क्यूआर’ पनि स्वीकार गर्ने कार्यको थालनी गरेको जनाएको छ छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआर स्थापना र एसीएचएलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
बैंकका अनुसार वाणिज्य बैंक मध्ये नेसनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआर लाई एग्रिकेटेड क्यूआर को रुपमा लागू गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ।
बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट (एचआई–एमबी) अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन्।
Shares
प्रतिक्रिया