भारतको बेङलोरमा भइरहेको जेके टायर एफएमएससीआई नेशनल कार्टिङ च्याम्पियनशिपमा नेपाली चेली सुनिता देशारले गर्ल्स सियालोम बाइकिङतर्फ विजय हात पारेकी छिन्।
च्याम्पियनशिपमा नेपालबाट नितु श्रेष्ठ, सुनिता देशार, आयुषा शाक्य, आकृति बेलवासे र दीक्षा गौतम सहभागी छन्।
नेपाली टोलीको सहयागीका रुपमा निरज खड्का र टेक्निकल सुपरभाइजर इन्जिनियर सरोज खड्का पनि च्याम्पियनशिपमा सहभागी रहेका छन्।
उक्त कार्यक्रमलाई एफआईए वुमन्स मोटरस्पोर्टले सहयोग गरेको छ। च्याम्पियनशिपमा कार्टिङ, सिनियर कार्टिङ, जुनियर कार्टिङ, गर्ल्स सियालोम कार्टिङ, गर्ल्स सियालोम बाइकिङ, सिमुलेटर ट्रेनिङ, रिफ्लेक्स टेस्ट, पिट स्टपलगायतका इभेन्टहरु सञ्चालन हुनेछन्। च्याम्पियनशिपमा ५ सयभन्दा बढी प्रतियोगी सहभागी छन्।
3
Shares
प्रतिक्रिया