इसुजु गाडीको लागि सबडिलर रहेको टाइम्स मोटर्सले एक्सचेन्ज अफर ल्याएको छ। आज अर्थात् शुक्रबारदेखि सुरु भएको उक्त अफर तीन दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर सुशीलराज भारतीले नेपालखबरसँग कुरा गर्दै एक्सचेन्ज सेवा हरेक इसुजुको हरेक मोडल तथा ब्राण्डमा दिइने जानकारी दिए। त्यसको लागि न्यूनतम मूल्यांकन चार लाख हुने उनले जानकारी दिए। त्यस्तै, नयाँमा ६ लाख ९० हजार सम्मको छुटको व्यवस्था समेत राखिएको उनले जनाकारी गराए।
कम्पनीले सिंगल क्यापको गाडीमा बीमा सुविधा पनि प्रदान गर्ने उल्लेख गरेको छ। त्यसको लागि १ वर्षको बीमा सुविधा दिने भारतीले बताए।
प्रतिक्रिया