नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी होल्डिङ्गसले इको भ्यानको सफलता पछि कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको छ।
इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्दछ। यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थिरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु यसमा विद्यमान रहेका छन्, जसले गर्दा ट्रान्जिटको बेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्दछ।
यसका साथसाथै कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुन्छ। भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी सहजै ढुवानी गरेको थियो। यसमा विभिन्न सुरक्षित विशेषताहरु जस्तैः बलियो लोड डिस्पे्रसिङ्ग च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ्ग सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन्। यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने छ।
‘नेपालका विभिन्न खालका सडकहरुमा इको कार्गोले आफ्नो गतिशीलता प्रदर्शन मात्र गर्ने छैन कि यसको अद्वितीय फिचर, ठूलो कार्गो एवं सहज सञ्चालन जस्ता तथा चलाउन सहज जस्ता सुविधा पनि सहजै प्रदान गर्ने छ’ सिजि मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत करण चौधरीले बताए।
इको कार्गोको नेपाली बजार मूल्य १२ लाख ९९ हजार तोकिएको छ।
प्रतिक्रिया