ad ad

अटो


हुन्डाई आई२० बन्यो ‘इन्डियन कार अफ द इयर’, कुन विधामा कुन कम्पनी हावी?

हुन्डाई आई२० बन्यो ‘इन्डियन कार अफ द इयर’, कुन विधामा कुन कम्पनी हावी?

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:३८,

तेस्रो पुस्ताको हुन्डाईको आई२० कार सन् २०२१ को ‘इन्डियन कार अफ द इयर’ बनेको छ।

त्यस्तै टाटा नेक्सन ईभीले ग्रिन कार अवार्ड पाउँदा ल्यान्ड रोभर डिफेन्डरले प्रिमियम कार अवार्ड जितेको छ।

हुन्डाई आई२० ले १०४ अंक पाउँदै उक्त अवार्ड पाएको हो। किया सोनेटले ९१ पाएर दोस्रो र महिन्द्रा थारले ७८ अंक पाएर तेस्रो स्थान पायो।

टाटा नेक्सन ईभीले उक्त विधामा १०६ अंक पाउँदै अवार्ड जित्दा हुन्डाई कोनाले ९९ अंक पाउँदै दोस्रो स्थान जित्यो। त्यस्तै एमजी जेटएसईभीले ९३ अंकसहित तेस्रो स्थानमा पर्न सफल भएको भारतीय मिडियाले जनाएका छन्।

प्रिमियम कार विधाको अवार्ड जितेको ल्यान्ड रोभर डिफेन्डरले १०८ अंक पाएको थियो। त्यही विधामा ७७ अंक पाउँदै मर्सिडिज बेन्ज जीएलई दोस्रो र बीएमडब्लु २ सिरिजले ६१ अंक पायो।

निर्णायकहरुलाई अंक दिन लगाएर अवार्डको छिनोफानो गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .