ad ad

अटो


भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर ‘पियोर इभी’ नेपालमा

भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर ‘पियोर इभी’ नेपालमा

नेपालखबर
माघ २५, २०७७ आइतबार १२:२७,

नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ।

ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। पहिलो चरणमा पियोर इभी ब्राण्डका इप्लुटो ७ जि र इट्रान्स नियो ब्राण्डको इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध हुने छन्।

इप्लुटो ७ जिको मूल्य २ लाख ४९ हजार र इट्रान्स नियोको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ। दुबै इलेक्ट्रिक स्कुटरमा २२ सय वाटको मोटर र सजिलै एक ठाँउबाट अर्को ठाउँमा लगेर रिचार्ज गर्न सकिने ६० भोल्ड ४० ए एच लिथियम आयन ब्याट्री छ। जुन ४ घण्टामा रिचार्ज हुने बताइएको छ। यो एक पटक चार्ज गरेपछि ६० किलोमिटर प्रति घण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुड्ने मोटर्सको दावी छ।

मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले हाल उक्त ब्राण्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट पाउने बताए। उनले हालका लागि पियोर इभीको ब्राण्डको स्कुटर खरिद गर्दा नगद २५ हजारका साथै एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने बताए।

मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको पनि बताए। यसमा एलसिडी स्क्रिन, अलोए ह्विल, एन्टी थिफ प्रोभिजन विथ स्मार्टलक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .