ad ad

अटो


एसप्रेसो र अल्टोको बिक्री वृद्धिसँगै मारुती सुजुकीको कार व्यापार गत वर्षभन्दा बढी

एसप्रेसो र अल्टोको बिक्री वृद्धिसँगै मारुती सुजुकीको कार व्यापार गत वर्षभन्दा बढी

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ८:५७,

एसप्रेसो र अल्टोको बिक्री बढ्दा सुजुकीले सन् २०१९ को भन्दा बढीको कार व्यापार गरेको छ। कोभिड १९का बीच मारुती सुजुकी इन्डियाले गत वर्षको अगस्टको तुलनामा १७.१ प्रतिशत बढीले कार बिक्री गरेको हो।

कम्पनीले २०२० अगस्ट महिनामा मात्रै १ लाख २४ हजार ६२४ गाडी बिक्री गरेको बताएको छ। गत वर्षको अगस्टमा १ लाख ६ हजार ४१३ गाडी बिक्री गरेको थियो।

कम्पनीले जुलाई महिनाको तुलनामा १५.३ प्रतिशतले बढी कार बिक्री गरेको छ। जसमा १ लाख ८ हजार ६४ युनिट गाडी बिक्री भएको थियो।

मार्चमा लकडाउन सुरु भएसंगै कम्पनीको ४७ प्रतिशत बिक्री घटेको थियो। अप्रिलमा पनि बिक्री गर्न नसकेको कम्पनीले मेको दोस्रो हप्ताबाट उत्पादन सुरु गरेको थियो।

सुजुकीले सार्वजनिक गरेको तथ्यांकमा ७ हजार ९२० युनिट कार भारतबाहिर निर्यात मात्रै गरेको छ। यो गत वर्षको तुलनामा १५.३ प्रतिशतले घटेको छ।

कम्पनीले अल्टो र एसप्रेसोको ९५ प्रतिशतले र वागेनआर, स्वीफ्ट, बलेनो इग्निस, डिजायरको बिक्री १४ प्रतिशतले बढेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .