ad ad

अटो


हिरोको ‘एक्सपल्स-२००’को माग बढ्दा कम्पनीलाई डेलिभरी गर्न समस्या

हिरोको ‘एक्सपल्स-२००’को माग बढ्दा कम्पनीलाई डेलिभरी गर्न समस्या

नेपालखबर
साउन १८, २०७७ आइतबार ९:२९,

हिरोको ‘एक्सपल्स २००’को माग बढ्दा कम्पनीलाई डेलिभरी गर्न समस्या भएको छ। कोभिडको कारण ढुवानीमा समस्या भएपछि मागअनुसार एक्सपल्सकाे 'अभाव' भएको हो।

भारतमा हिरो मोटोकर्प लिमिटेडले लकडाउनका कारण पर्याप्त उत्पादन गर्न नसक्दा ‘मागअनुसार आपूर्ति’मा समस्या भएको बताइएको छ।

हिरो मोटोकर्पले विभिन्न ठाउँबाट पार्ट्स ल्याउनुपर्ने हुँदा लकडाउन बाधक बन्यो जसको असर अहिले मागअनुसार एक्सपल्सको आपूर्तिमा समस्या भएको छ।

abhik jyoti

आधिकारिकरुपमा नेपाल जनरल मार्केटिङ (एनजीएम)ले हिरोको बाइक तथा स्कुटर आयात तथा बिक्रीवितरण गर्दै आएको छ। एनजीएमका अध्यक्ष अभिक ज्योतिले लकडाउनको कारण मागअनुसार ढुवानीमा समस्या रहेको बताए।

‘लामो समय लकडाउन हुँदा भारतमा उत्पादनमा असर पर्यो। त्यहाँ उत्पादन भएको पनि सजिलै नेपाल ल्याउन सकेनौँ’, अध्यक्ष ज्योतिले नेपालखबरसँग भने, ‘नेपालभित्र पनि लकडाउन र बाढी पहिरोले सप्लाईमा समस्या भएको छ।’

xpulse hero 8

पछिल्लो समय युवाहरुले अत्यधिक रुचाएको एक्स पल्स नेपालमा माग उच्च रहेको उनले बताए।

‘माग उच्च र ढुवानीका कारण केही समय आपूर्तिमा समस्या भयो। भारतबाट ल्याउन अझै समस्या रहेको छ’, ज्योतिले भने।

केही दिन अघिसम्म भन्सारमा रहेको बाइक तथा स्कुटर समेत ल्याउन समस्या रहेको उनी बताउँछन्। अहिले जोरविजोर, बाढी पहिरोका कारण ढुवानीमा प्ररेको प्रभाव केही हटेकाले अब सहज हुने विश्वास गरेका छन्।

लकडाउन खुलेपछि दुईपांग्रे सवारीमा जति ‘डिमान्ड’ हुने आँकलन गरिएको थियो, त्यो हुन नसकेको उनले बताए।

‘लामो समय लकडाउन हुँदा ठप्प रहेको बजारमा केही माग बढेको त हो। तर जुन आँकलन गरिएको थियो, त्योअनुसार समग्र बजार बढेजस्तो लाग्दैन’, उनले भने।

लकडाउन खुलेपछि दुईपांग्रेमा मानिसले बढी चासो देखाए पनि आर्थिक गतिविधि नहुँदा धेरै सवारी खरिद गर्नसक्ने अवस्थामा अझै नभएको उनको बुझाइ छ।

scooter destini 125

‘सजिलै हिरो बन्ने दुई तरिका’
लकडाउनको कारण आर्थिक गतिविधि ठप्प हुँदा अधिकांशको आम्दानी समेत घटेको छ। दुईपांग्रे बिक्रेताले बजारलाई चलायमान बनाउन भन्दै स्किम सार्वजनिक गरेका छन्। हिरो ब्राण्डका बाइक किन्नेलाई पनि एनजीएमले स्किम ल्याएको छ।

‘लामो समय लकडाउन हुँदा मानिससँग पैसा छैन। तलब नपाएको अवस्था छ’, ज्योतिले भने, ‘हिरोका ग्राहकलाई सहजताको लागि सजिलो हिरो बन्ने दुई तरिका शून्य प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत ब्याजदरसहितको स्किम रहेको छ।’

उनले उक्त स्किम भने एनजीएमले तोकेको डिलरबाट मात्रै पाउने बताए। काठमाडौं उपत्यकामा शून्य प्रतिशत डाउनपेमेन्ट वा जिरो प्रतिशत ब्याजदरमा बाइक खरिद गर्नसक्ने व्यवस्था गरेको जानकारी दिए। बाइक वा स्कुटर किस्ताबन्दीमा खरिद गर्न चाहनेलाई २ वर्षसम्मको समय दिएको छ।

Hero Super Splendor 3 1280x720

नेपालमा हिरोका लोकप्रिय बाइक तथा स्कुटर
हिरोको एक्सपल्स २०० सीसी इन्जिन जडित बाइक हो। उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ। यसको बजार मूल्य ३ लाख ८८ हजार रुपैयाँ छ।

एक्स स्ट्रिम १५० र २०० एस पनि नेपालमा राम्रै बिक्री भइरहेको कम्पनीले जनाएको छ। २०० एसको मूल्य ३ लाख २२ हजार र १५० को २ लाख ५५ हजार रुपैयाँ छ।

१२५ सीसी इन्जिनको सुपर स्प्लेन्डर बाइक नेपालमा लोकपिय रहेको छ। आई३एस प्रविधिमा आधारित स्पेलेन्डर १ लाख ९६ हजार रुपैयाँ मूल्य छ।

हिरोको डेस्टिनी १२५ स्कुटर नेपालमा लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ। २ लाख १० हजार मूल्यको स्कुटर मेटल बडीयुक्त छ।

bike xtreme sports

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .