भारतीय बिजनेस घराना टाटा ट्रस्ट र टाटा ग्रुपले कोरोनाविरुद्ध लड्न ५ अर्ब भारु सहयोग गर्ने घोषणा गरेको छ। ट्रस्टका अध्यक्ष रतन टाटाले ५ सय करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन्। यो रकम भारतमै महामारीविरुद्ध लड्नका लागि दिइनेछ।
कोभिड १९ संकटको सामना गर्ने तत्काल आपत्कालीन स्रोतहरु खटाउनुपर्नेमा समेत उनले जोड दिएका छन्। महामारीलाई मानवहरुले सामना गर्ने सबैभन्दा कठिन चुनौतीहरुको रुपमा रहेको टाटाले बताएका छन्।
— Ratan N. Tata (@RNTata2000) March 28, 2020The COVID 19 crisis is one of the toughest challenges we will face as a race. The Tata Trusts and the Tata group companies have in the past risen to the needs of the nation. At this moment, the need of the hour is greater than any other time. pic.twitter.com/y6jzHxUafM
उनले सहयोग गरेको रुपैयाँ उपचारको लागि आवश्यक सामग्री बनाउन, प्रतिव्यक्ति परीक्षण वृद्धि गर्न थप परीक्षण किटहरु उपलब्ध गराउन र स्वास्थ्यकर्मीहरुको सुरक्षात्मक सामग्री प्रदान गरिने उल्लेख छ।
यसबाहेक संक्रमित बिरामीहरुको उपचार र कोरोनाको बारेमा सर्वसाधरणलाई जानकारी गराउने उक्त रकम प्रयोग हुने बताइएको छ।
Shares
प्रतिक्रिया