ad ad

अटो


पोखरामा टोयोटाको डिलर भेटघाट कार्यक्रम

पोखरामा टोयोटाको डिलर भेटघाट कार्यक्रम

नेपालखबर
माघ १६, २०७६ बिहिबार ११:१२,

 टोयोटा मोटर्सको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले पोखरामा डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ। पोखराको होटल वाराहीमा गत सोमबार कम्पनीले डिलर भेटघाट कार्यक्रम गरेको हो।
उक्त बैठकमा यूटीएसकी प्रबन्धनिर्देशक ऋतु वैद्यलगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए।

उक्त भेलाको उद्देश्य यूटीएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको कम्पनीले जनाएको छ।

ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्रीवितरण गर्दै आएको छ।

अधिराज्यभर फैलिएको बिक्रीवितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकसामु विश्वासिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविष्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .