चालु आर्थिक वर्षको ५ महिनामा सवारीसाधान तथा पार्टस्को आयातमा कमि आएको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ अर्व बढीले आयातमा कमि आएको हो।
भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष साउनदेखी मंसिरसम्म ४४ अर्व १२ करोडको आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्व ३५ करोडको मात्रै सवारी साधन तथा पार्टस आयात भएको हो।
आयातमा कमि आउँदा राज्यको ५ अर्व ३२ करोड राजस्व गुमेको छ। गत वर्ष ५ महिनामा ४३ अर्व ९ करोड राजस्व उठेकोमा चालु आर्थिक वर्षमा ३७ अर्व ७७ करोड मात्रै राजस्व उठेको छ।
५ महिनाको अवधिमा नेपालले १ करोड २० लाख निर्यात गरेको छ। आर्थिक वर्ष २०७५÷४६ मा ४ करोड ६३ लाखको निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ।
प्रतिक्रिया