नेपाल अटोमेकानिक्स व्यवसायी संघले २५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेको साधारणसभामा अटो मेकानिक्स व्यवसायीहरु सहभागी थिए।
कार्यक्रम उद्घाटन गर्दै मन्त्री भट्टले अटो क्षेत्रमा धेरै समस्या रहेको आफूले सुनेको बताउँदै छलफल गरेर समाधान गर्न मन्त्रालय तयार रहेको बताए।
कार्यक्रममा संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटो मेकानिक्सहरु विस्थापित हुने खतरा देखिएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा यो वर्ष एसईई उत्तीर्ण गर्ने व्यवसायीका सन्तानलाई आर्थिक सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो।
२०५१ सालमा स्थापना भएको संघले यस क्षेत्रका व्यवसायीको हकहितमा वकालत गर्दै आएको छ।
3
Shares
प्रतिक्रिया