ad ad

Authors


संयोजक विप्लवले नै भने–समाजवादी मोर्चामा विचलन आयो

संयोजक विप्लवले नै भने–समाजवादी मोर्चामा विचलन आयो

नेपालखबर
जेठ २८, २०८१ सोमबार २१:४८, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन्। सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ। समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ। छलफलहरु अगाडि बढी रहेको छ,’ उनको भनाइ थियो।

मोर्चाको संयोजक विप्लव आफै हुन। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिस्थापन गर्दै उनी गत फागुनमा मोर्चा संयोजक बनेका थिए। मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी थिए।

उपेन्द्र यादव नेतृत्वको दल जसपामा विभाजन आएपछि अहिले मोर्चाको भविष्य समेत अन्योलमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .