ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा बाघको आक्रमणपछि त्रास : ड्रोनबाट खोजी, हात्तीसहितको टोली आउँदै

कञ्चनपुरमा बाघको आक्रमणपछि त्रास : ड्रोनबाट खोजी, हात्तीसहितको टोली आउँदै

गोकुल जोशी
साउन १७, २०८१ बिहिबार १२:५५, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। 

बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो।

आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ।

बाघको आक्रमणपछि त्रसित स्थानीय लाठी समातेर बसेका छन्। बाघको खोजी भइरहेको छ। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँठाउँमा धानखेत र उखुबारी छन्।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ड्रोनको सहायताले बाघको खोजी गरिरहेको संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघको खोजी गर्दै डार्ट गरेर नियन्त्रणमा लिइने उनले बताए। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली घटनास्थल आइरहेको छ। पिपरैया पोष्ट र शुक्ला पोष्टबाट हात्ती मगाइएको ऐरले बताए।

यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जबाट डार्ट गर्ने औषधी मगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .