ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामग्री बन्यो पूर्वमुख्यमन्त्री रावलको पुस्तक

सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामग्री बन्यो पूर्वमुख्यमन्त्री रावलको पुस्तक

नेपालखबर
असोज १०, २०८१ बिहिबार १८:१७, काठमाडौँ

सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले पूर्वमुख्यमन्त्री तथा लेखक राजेन्द्रसिंह रावलद्वारा लिखित ‘डोटी राज्यको मध्यकालीन इतिहास’ (सक १२३५–१७१२) पुस्तकलाई मुख्य सन्दर्भ सामग्रीको रूपमा समेटने निर्णय गरेको छ।

स्नातक तहको चौथो सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीले अब उक्त पुस्तकलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सक्नेछन्। मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. मुकुन्द कलौनीका अनुसार स्नातक तहको चौथो सेमेस्टरमा ‘सुदूरपश्चिमको अध्ययन’ विषयका लागि उक्त पुस्तकलाई सन्दर्भ सामग्रीको रूपमा राखिएको छ।

यस्तै, स्नातकोत्तरको ‘सुदूरपश्चिमको विकासका आयाम र चुनौती’ विषयको सन्दर्भ सामग्रीको रूपमा पनि उक्त पुस्तकलाई समेटिएको हो।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ पुस्तक निकै चर्चित छ। त्यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा रहेको उनले बताए। 

यो पुस्तक छिमेकी भारतको उत्तराखण्डका इतिहासकार तथा संस्कृतिकर्मीका माझमा पनि लोकप्रिय छ। 

यस्तै रावलको ‘द इकोज पावर अफ प्यासन’ कविता संग्रह प्रकाशित भएको छ। उनले सयौंको संख्यामा विभिन्न जर्नलहरूमा लेख प्रकाशित गराइसकेका छन्।

केही कृति प्रकाशनको तयारीमा रहेको उनले जानकारी दिए।

राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावललाई २९ भदौमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अभिनन्दन गरेका थिए।

सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य तथा इतिहासका क्षेत्रमा रावलले पुर्‍याएको योगदानको कदर गर्दै त्यसबेला अभिनन्दन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .